समाचार

नुवाकोट मालपोत कार्यालय बिचौलियाको कब्जामा

नुवाकोट । नुवाकाेट मालपोत कार्यालय विचौलीयाले चलाइरहेका छन् भन्दा फरक नपर्ने रहेछ । केहि दिन अघि विचौलीयाकै कारण सेवाग्राहीको काम रोकिएको गुनासो आएपछी नुवाकोट स्थीत हाम्रा टिभी जर्नलिष्ट रामहरी गजुरेल मालपोत कार्यालयमा पुगेका थिए ।मालपोत कार्यालयमा त विचौलियाहरु अलिकति पैसा दिए काम छिटो गराइदिने भन्दै पैसा माग्दै थिए । मालपोत कार्यालयम पुग्दा लेखापढीको आवरणमा केही व्यतmहरुले सेवाग्राहीका कागजपत्र चलाउने देखि कार्यालय हाकिमसम्मलाई कागजपत्रको बारेमा निर्देशन दिदै थिए ।

लाइनमा बसीरहेका सेवाग्राहीलाई वेवास्ता गर्दै उनिहरुले हुकुमी शैलीमा यसरी काम ग राइरहेका थिए । हामीले उनिहरुको काम कैदी गरीरहेको थापा पाएपछी विचौलीयाको काम गरीरहेका उमेश पाण्डे भनीने यि व्यक्तिले क्यामेरा झम्टीन आए । यति मात्रै होइन अर्का विचौलियाको काम गर्ने श्यामराज पाण्डेले त हाम्रो क्यामेरा नै छेक्दै फालिदिए । लेखापढिका नाममा मालपोतमा आफ्नो राज चलाउन खोज्ने श्याम राज पाण्डे, उत्तम पाण्डे, उमेश पाण्डे लगाएतका व्यक्तिहरु आक्रमक भएका थिए ।यता मालपोत कार्यालयका प्रमुख नारायण अधिकारी कार्यालयमा विचौलीयालाई रोक लगाएको दाबी गर्दै थिए ।

तर मालपोत कार्यालय भित्र विचौलीयाको दादागिरी कतिसम्म थियो भने एक जना विचौलीयाले त प्रमुख ज्युलाई नाई निर्देशननै दिदै थिए । उनी मालपोत कार्यालयका कक्ष कक्षमा पुग्छन्, सबै कागजपत्रमा उनिहरुको पुहँच भने कार्यालय प्रखुमसम्मलाई निर्देशन दिन्छन् ।जस कारण मालपोत कार्यालयमा सेवाग्राही कर्मचारी, तथा लेखापढी व्यवसायीहरु समेत मारमा परेका छन् । यसले स्पष्ट पार्छ, मालपोत कार्यालय नुवाकोट बिचौलीयाले चलाइरहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *