समाचार
इमान्दार चालक, जस्ले बुझाए टयाक्सीमा छुटेको दुई लाख पचास हजार
काठमान्डाैं / एक ट्याक्सी चालकले ट्याक्सीमा छुटेको रु दुई लाख पचास हजार रकम सम्बन्धित धनीलाई बुझाएका छन् । बा २ ज ४१५५ नम्बरको ट्याक्सी चालक सिन्धुली सुनकोशी घर भई हाल ललितपुर बस्ने २७ वर्षीय कुलबहादुर श्रेष्ठले रुकुम सिस्नेका २६ वर्षीय विवेक खड्काले झुक्किएर ट्याक्सीमा छाडेको दुई लाख ५० हजार रकम महानगरीय ट्राफिक महाशाखामा पुगी सम्बन्धित धनीलाई फिर्ता गरेका हुन् ।
सुन्धाराको सिभिल मलदेखि न्युरोड जाने क्रममा खड्काले ट्याक्सीमा रकम छोडेर हिँडेपछि चालक आफैँ पैसा फिर्ता गर्न महाशाखा पुगेका थिए । चालकले दिएको रकम महाशाखाका प्रहरी उपरीक्षक रवीकुमार पौडेलले खड्कालाई हस्तान्तरण गरेका थिए ।



