समाचार

प्यान नम्बर लिन तयार फुटपाथका व्यपारीको प्रश्न- ‘कर तिरेअनुसारको सुविधा खै ?’

काठमाडाैँ। सरकारले व्यवसाय वा रोजगारी गर्ने सबैले अनिवार्य स्थायी लेखा नम्वर (प्यान) लिनुपर्ने व्यवस्था गरेपछि अहिले नाङलो पसल देखि ठुला व्यवसायी सम्म तरंग फैलिएको छ। सडकमा प्लास्टीक टिप्ने, नाङलो पसल थाप्ने देखि ठुला व्यापार गर्ने सबैले प्यान अनिवार्य लिनुपर्छ । तर कतिपयलाई प्यानका विषयमा अझै थाहा छैन भने निजी क्षेत्रले हतारको निर्णय भनेको छ ।

साउन १ गतेदेखि लागुभएको नयाँ व्यवस्था अनुसार १ हजार रुपैयाँ भन्दा माथिको कारोबारमा प्यान बिल लिन अनिवार्य छ। उद्योग, व्यापार, पेशा, व्यवसाय, बैकिङ कारोवार, फुटपाथ सबै प्यानमा अनिवार्य जोडिनु पर्छ। सरकारले कर प्रणालीमा आवद्ध भएपछि बल्ल नागरिकले प्रत्यक्ष कर तिरेको अनुभूति हुने बताउँछ । तर, नीजि क्षेत्रका ठुला व्यवसायीहरुले हतारमा गरिएको निर्णय भन्दै असहमति जनाइरहदा सडकमा नाङलो पसल थापी गुजारा चलाउने हरुलाई भने कुनै जानकारी छैन् ।

राज्यले लिएको नीतिबाट प्रत्यक्ष फाइदा पुगे प्यान नम्वर लिन आफुहरु तयार रहेको नाङलो व्यापारी बताउँ छन् । तर, कर माथि करको भार लगाइनुले अफुहरुलाई गुजारा चलाउनै कठिन भइराखेको उनीहरुको गुनासो छ । स्थायी लेखा नम्वार अर्थात प्यान नम्बर करदाताको पहिचान गर्न राज्यले व्यवस्था गरेको स्थायी संकेत अंक हो । यो व्यवासायको प्रकृति वा अन्य विवरण बदलेपनि करदाताको व्यक्तिगत प्यान नम्वर भने स्थायी नै हुन्छ ।

सरकारले अनिवार्य गरेको यो नीति माथि ठुला व्यापारीलाई फाइदा पुगेपनि सानालाई भने मार पर्ने देखिन्छ । कर तिरे अनुसारको सुविधा केही पनि पाउन नसक्ने तर सरकारले कर बढाउँदै लैजाने प्रवृतिले साना व्यवसायीहरु आजित छन् । आन्तरीक राजश्व विभाग का अनुसार अहिलेसम्म २४ लाख मानिसले व्यक्तिगत प्यान नम्वर लिएका छन् । मासिक तलब पाउनेका लागि प्यान नम्बर राम्रैहोला तर हरेक दिन फरक फरक ठाउँमा ज्याला मजदुरी गर्नेका लागि प्यान नम्बर समस्या बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *