समाचार
भाडाको विषयलाई लिएर बिबाद भएपछि दाहाल माथि खुकुरी प्रहार
काठमाडौं । धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरको छ । पक्राउ पर्नेमा बराह नगरपालिका ७ घर भएका ३५ वर्षीय लावण्डे राज दाहाल रहेका छन् ।
भाडाको विषयलाई लिएर दाहालले सोही स्थान बस्ने नुवाकोट घर भएका २१ वर्षीय गल तामाङ र १९ वर्षीय विनोद तामाङलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
लगत्तै महानगरीय प्रहरी वृत्त वौद्धबाट खटिएको प्रहरीले दाहाललाई खुकुरी सहित पक्राउ गरेको थियो । । खुकुरी प्रहारबाट घाइते भएका दुबै जनाको उपचार भइरहेको प्हरीले जनाएको छ ।



