समाचार

पारिश्रमिकमा जहिले कटाक्ष

नेपाली फिल्मका कलाकारको पारिश्रमिक अहिलेको चर्को बहस हो । कलाकारले लिने पारिश्रमिकमा कलाकारहरु नै बढी आलोचना गर्छन् । कलाकारको यो बहस कसैका लागि सकारात्मक त कसैका लागि नकारात्मक हुने गर्दछ ।

शुक्रबार आयोजना भएको फिल्म हजार जुनी सम्मको पत्रकार सम्मेलनमा अभिनेत्री स्वस्तिमा खड्काको पारिश्रमिकको कुरा पनि उठ्यो । स्वस्तिमाले आफूले पारिश्रमिक कहिले पनि सार्वजनिक नगर्ने बताइन् । स्वस्तिमाले यसो भन्दा कलाकारले लिइरहेका २० देखि ५० लाखसम्मको पारिश्रमिकको पनि चर्चा भयो । तर, स्वस्तिमाले २० लाख पारिश्रमिकको बढी कटाक्ष गरिन् । हालै मात्र अभिनेत्री पूजा शर्माले २ सिनेमाका लागि २० लाख पारिश्रमिक लिएको चर्चा चलिरहेको छ ।

स्वस्तिमाले कुनै पनि कलाकारले लिन्छ र निर्माताले दिन्छ भने त्यो नराम्रो भएको बताइन् । तर, उनले यसो भन्दा कुनै पनि कलाकारले २० लाख पारिश्रमिक लिन्छ भने उसको सिनेमाले निर्माताको ५० लाख लगानी भने फिर्ता गर्न सक्नुपर्ने बताइन् । नत्र, २० लाख पारिश्रमिक लिएर ५ लाख मात्र निर्माताको हातमा पर्यो भने लाजमर्दो हुने र कलाकारलाई पनि नमज्जा हुने स्वस्तिमाको भनाई छ ।

स्वस्तिमाको कटाक्षा अभिनेता भन्दा अभिनेत्रीमा बढी थियो । नेपालमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्रीमा साम्राज्ञी राज्यलक्ष्मी शाह र पूजा शर्मा पर्छन् । तर, स्वस्तिमाले २० लाखलाई नै फोकस गरेकाले उनले पूजामाथि नै कटाक्ष गरेको रुपमा धेरैले वुझे ।
हुनत, नेपालमा कलाकारले लिने पारिश्रमिकमा सधै नै विवाद छ । धेरै निर्माता त कलाकारले महंगो पारिश्रमिक लिएका कारण पनि फिल्म बनाउन नसकेको बताउँदै आएका छन् । कलाकारले अनावश्यक बढी पारिश्रमिक लिदा यसको घाटा फिल्म मेकिङमा भएको र धेरै बजेट लगाउनुपरेको बताउँदै आएका छन् ।

तर, लिने मानिसले लिन्छ र दिने मानिसले दिन्छ भने यसमा आलोचना गर्नुपर्ने अर्थ के होला ? कुनै पनि कलाकारलाई महंगो रकममा फिल्ममा खेलाउन नसक्ने हो भने उसलाई लिएर फिल्म बनाउने सोच पनि नबनाएको राम्रो भन्नेहरु पनि छन् । कलाकारले लिने पारिश्रमिकमा दर्शकको मिश्रित प्रतिक्रिया छ । केही कलाकारलाई दर्शकले पुरा समर्थन गरेका छन् भने केही कलाकारको उछितो नै काटेका छन् । तर, फिल्म क्षेत्रका मानिसहरुले नै सबैभन्दा बढी आलोचना कलाकारको पारिश्रमिकमा गर्ने गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *