समाचार

सांसद विडारीको प्रश्न, ‘बिहे गर्न २० वर्ष पुग्नुपर्ने, रक्सी पिउन चाँहि ६ वर्ष भए हुने ?’

काठमाडौं । राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसदहरुले देशमा अपराधका घटना अत्यासलाग्दो रुपमा बढेको बताएका छन् । सांसदहरुले अपराधका घटना न्यूनी करणका लागि मदिरा नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् । मदिरामा कुनै नियन्त्रण नहुँदा अपराध बढेको भन्दै सांसदहरुले बुधबारको राष्ट्रियसभा बैठकमा अपराध नियन्त्रणका लागि पनि सरकारले मदिरामा कडाई गर्नुपर्ने माग राखे ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रामनारायण विडारीले २२ वर्ष नपुगेकाले रक्सी खरिद गर्न नपाउने नियम बनाउन प्रस्ताव गरेका छन् । उनले जड्याहाको सूची पनि बनाउनु पर्ने बताए । कुलतमा फस्ने युवा देशमा रहेको तथा श्रम बेच्न जाने जति विदेशमा रहेको कुरा सरकारलाई थाहा छ कि छैन भन्ने प्रश्न गर्दै विडारीले युवालाई कुलतबाट बचाउन मदिरा नियन्त्रण गर्नुपर्ने उनले औंल्याए ।

‘रक्सी मजाले खान पाइने, जहाँ बसेर खुल्लम खुल्ला खान पाइने । मन्दिर र अस्पतालका वरिपरी पनि खान पाइने । मज्जाले रक्सी खान पाइने देश पृथ्वीमा कहाँ भनेर खोज्यो भने हाम्रो देशको नाम आउँछ’, उनले ठट्यौली शैलीमा भने, ‘संसारमा यस्तो छैन । निश्चित ठाउँमा निश्चित समयमा निश्चित व्यक्तिले मात्र खरिद गर्न पाउँछ । हाम्रोमा बिहे गर्नलाई २० वर्ष हुनुपर्ने, रक्सी खानलाई ६ वर्ष भए हुने ?’

मदिरा नियन्त्रण गर्न सरकारलाई कसले छेक्यो र किन गर्न सक्दैन भन्ने प्रश्न गर्दै विडारीले २०३१ सालको मदिरा ऐन परिमार्जनको माग गरेका छन। ‘यो ऐनले रक्सी खाएर घरेलु हिंसा भएका छन। महिला हिंसा, संगठित अपराध भएका छन्’, उनले भने। ‘एउटा सटरमा औषधि पसल, अर्काे सटरमा रक्सी पसल । यसो किन गर्‍यौ सरकार भन्दा कर उठाउन रे । रक्सीमा कर बढाई दिएको छ ।

अनि पैसा आउँछ, मोटर चढ्ने, के के गर्ने भन्नलाई ग¥या हो’, विडारीले यसो भन्दा अर्थमन्त्री डा. युवराज खतिवडा मुसु मुसु हाँस्दै थिए । अब २२ वर्ष नपुगेकाले रक्सी किन्न नपाउने, वडा वडामा जड्याहाहरुको सूची बनाउनुपर्ने तथा कसले कति खरिद ग¥यो भन्ने तथ्यांक राख्नुपर्नेमा उनले सरकारको ध्यानाकर्षण गराए । समाजमा मदिराले विकृति फैलाएको भन्दै रक्सी वितरणका लागि मदिरा जोन तोक्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *