समाचार
लगनशीलताले सफलता मिल्यो, न्यायाधीश बन्ने सपना छः प्रेक्षा चौधरी
काठमाण्डौं । राजपत्राङ्कित तृतीय श्रेणीको नेपाल न्याय सेवा कानुनको शाखा अधिकृतमा लोकसेवा आयोगको परीक्षा बाट चारजना थारु चेलीले नाम निकाल्न सफल भएका छन् । थारु समुदायका लागि यो ठूलो सफलता हो । त्यस्तै, यस वर्ष लोकसेवा आयोगबाट ६० जना आदिबासी जनजाति उम्मेदवारले न्याय क्षेत्रको शाखा अधिकृतमा नाम निकाल्न सफल भएका छन् । कैलाली निवासी बुन्दीलाल चौधरी तथा दुज्जी चौधरीको छोरी प्रेक्षा चौधरीसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
लोकसेवा परीक्षा उत्तीर्ण गरेर सरकारी वकिलको जिम्मे वारीमा आउनु भयो, कस्तो महुशस भइरहेको छ ? एकदम खुशी लागेको छ । पहिलो पटक लोकसेवा परीक्षामा सहभागी हुँदा खुलाबाटै नाम निकाल्न सफल भएँ । एकदम खुशी छुँ ।
यहाँसम्म पुग्न कस कसको प्रेरणा छ, जस्तो लाग्छ ? मेरो बुवा आमालाई धेरै धन्यवाद । बाबुआमाले दिएको संस्कार, देखाएको बाटोमा लागेर नै यहाँसम्म आइपुगेँ। त्यस्तै, मेरो प्यारो अंकल गोपाल हमाल, मेरा गुरुहरु, सहयोगी सबै आफ न्तहरुको प्रेरणा छ । मेरो सफलताका लागि उहाँहरुलाई धेरै धन्यवाद दिन चाहन्छुँ ।
न्याय क्षेत्रमा लाग्छु भन्ने कल्पना थियो कि अभिभावकको दवावले हो ? न्याय क्षेत्रमा अभिभावकको दवावले त हुँदै होइन। मेरो आफ्नै रुची हो । अभिभावकको सल्लाह पनि हो । पहिले देखि नै न्याय क्षेत्रमा केही बन्छु भन्ने मेरो सोच थियो ।
यो सफलता हासिल गर्न कस्तो मेहनत गर्नुपर्यो ? धेरै मेहनत गर्नुपर्यो । आत्मसमर्पण, धैर्यता र निरन्तरताले यहाँसम्म आइपुँगे । केही काम गर्छु, लक्ष्यमा पुग्छु भनेरै लगनशीलताले सफलता मिल्यो । लोकसेवाको सिलेवस अनुसार पढें। गुरु, शिक्षक, सबैको सहयोग लिएर सफल पनि भएँ ।
न्याय क्षेत्रमा थारुको संख्या कम छ, यो क्षेत्रमा थारुलाई ल्याउन के गर्नुपर्ला ? शुरुमा सपना देख्नुस् ।त्यसलाई पूरा गर्न निरन्तर लाग्नुस्। सरकारी जागिरमा लागेपछि उच्च ओहदा सम्म पुग्ने लक्ष्य राख्नुस् । जे बन्ने इच्छा छ, बाहिर पनि देखा उनुस् । आफ्नो क्षमता र रुचीअनुसार अगाडि बढ्नुस् । सफलता हात लाग्छ, भन्न चाहन्छुँ ।
अबको लक्ष्य के छ ? न्याय क्षेत्रमा प्रवेश भएकी छुँ । अव मेरो लक्ष्य न्यायाधीश बन्ने छ । आगामी दिनमा त्यसका लागि प्रयासरत रहनेछुँ। इमान्दा रितापूर्वक काम गर्नेछुँ । अब भविष्यले कहाँ पुर्याउँछ त्यो हेर्न बाँकी छ । प्रेक्षा चौधरी न्याय क्षेत्रको शाखा अधिकृतमा नाम निकाल्न सफल भएकी हुन ।
प्रतिक्रिया दिनुहोस्




