समाचार

मेलम्चीका मजदुरले फिर्ता लिए आन्दोलन

काठमााडौं, ७ साउन । आन्दोलनमा उत्रिएका मेलम्ची खानेपानी आयोजनाका मजदुरले विरोधका कार्यक्रम स्थगित गरेका छन् ।
रोकिएको तलब सुविधा पाउने सुनिश्चित भएपछि एक साता अघिदेखिको विरोधका कार्यक्रम स्थगित भएको हो । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।

आन्दोलनका कारण सुन्दरीजल खण्डको सम्पूर्ण काम ठप्प भएको थियो । मेलम्चीको मुख्य ठेकेदार कम्पनी सीएमसीले करारमा लिएका मजदुर तलब सुविधाको माग गर्दै आन्दोलनमा उत्रिएका थिए ।प्रधानमन्त्री कार्यालयमा उनीहरुलाई तलब सुविधा दिने छलफल भएपछि कार्यक्रम स्थगित भई काम सुचारु भएको मेलम्ची खानेपानी विकास समितिका एक उच्च अधिकारीले जानकारी दिए ।

आयोजनाको मुख्य ठेकेदार कम्पनी सिएमसीले काम छोडे पनि सुरुङभित्र भेन्टिलेसन स्याफ्टको लागि छुट्टै ठेक्कामा काम भइरहेको थियो ।मजदुरहरूले सिएमसीसँग काम गर्दा पाउनुपर्ने तलबको माग राखी आन्दोलन सुरु गरेका थिए । आन्दोलनकै कारण भेन्टिलेसन स्याफ्ट, सुन्दरीजल पानी प्रशोधन केन्द्र र पाइप बिछ्याउने काम समेत प्रभावित बनेको थियो ।

‘अहिले कुरा मिल्यो । काममा अबरोध नगर्ने भनेको छ’, आयोजना स्रोतले भन्यो–प्रधानमन्त्री कार्यालय तहमै यस विषयमा छलफल भएर कुरा टुंगिएको हो ।’सुरुङको सुन्दरीजल खण्डमा भेन्टिलेसन स्याफ्टको काम भारतीय कम्पनीले सब कन्ट्«याक्टरको भूमिकामा काम गरिरहेको छ भने पानी प्रशोधन केन्द्र र पानीको पाइप विछ्याउने काम अर्कै ठेक्काअन्तर्गत काम भइरहेको छ ।

मजदुरहरुले दुई महिनाको तलब लिन बाँकी रहेको माग राखेका थिए । करिव ७० मजदुरको ५० लाख रुपियाँ तलब लिन बाँकी रहेको बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *