समाचार

आँखा देख्दैनन, अक्सीजन नलगाई बाँच्नै सक्दैनन ! ७ वर्षको उमेरमा के भयो यस्तो ?

काठमाडौं : यी हुन् ७ वर्षिय आर्यन परियार । २ वर्ष पहिला सामान्य ज्वरो आएपछि यीनलाई आमा शान्ति परियारले मेडिकलमा लगेर औषधि ल्याएर खुवाइन् । तर उनले छोरालाई निको होला भनेर ख्वाएको औषधि विषको रुपमा परिणत भैदियो जसका कारण भविश्यमा डाक्टर बन्ने सपना देखेका आर्यनको यस्तो अवस्था आयो ।

विरामी भएर औषधि खुवाएपछि उक्त औषधिले रियाक्सन गरेर आर्यनलाई यस्तो भएको काठ्माण्डौ लगेपछि मात्र थाहा पाइन् शान्तिले पोखरामा निमोनिया र ठेउला आएको भनेका थिए डाक्टरले औषधिको कारण यस्तो भएको भन्ने कसैले भनेनन् र थाहा नै पाएनन् तर काठ्माण्डौ लगेपछि बल्ल थाहा भयो औषधिले यस्तो भएको रहेछ । अहिले आर्यन २४ सै घण्टा अक्सिजन लिएर बाँचीरहेका छन् ।

उनले आँखा देख्न सक्दैनन् । यति सानो उमेरमा यस्तो दुख खेप्नुपरेपनि आर्यनको निको भएर डाक्टर अनि गायक बन्ने सपना अझै छ । उनले आफ्नी आमालाई भन्दा रहेछन्, ममी मलाई ऋण गरेर बचाउनुहोस, मलाई तपाईको किड्नी बेचेर भएपनि बचाउनु होस । डाक्टरका अनुसार आर्यनको फोक्सो सुकेको छ । उनको फोक्सो प्रत्यारोपण गर्नुपर्छ । अहिलेसम्म आर्यनको उपचारको लागि ८० लाख बढी खर्च भईसकेको शान्तिले बताएकी छन् ।

छोराको उपचारका लागि घरखेत सबै धितो राखेका छन् । शान्तिका श्रीमान खाडी मुलुकमा काम गर्न गएका छन् । घरमा छोराको अवस्था यस्तो हुदा पनि खाडीबाट रगत र पसिना गरेर उनले पठाएको रकमले अहिले सम्म आर्यनको उपचार भईरहेको छ तर अब लोन र उपचार गर्न कमाएको पैसाले पुर्याउनै नसकीने अवस्था आएको शान्ति बताउछीन् । हेर्नुहोस आर्यन र शान्तिसंग गरीएको यो कुराकानी : भिडियो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *