मनोरञ्जन

पलसँग आँचलको फिल्म कहिले ?

प्रेममा ब्रेकअप भएपछि अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माले फरक फरक फिल्म खेलिरहेका छन् । पलले विर विक्रम २, हृदयभरी, म यस्तो गीत गाउँछु २ मा काम गरिरहेका छन् ।
आँचलले पनि दाल भात तरकारीमा काम गरिन् । पल र आँचलको सहकार्य कहिले हुन्छ भनेर उनका फ्यानहरु प्रतिक्षामा छन् ।

पल र आँचलले सँगै फिल्म खेल्ने संभावना कम भएको हो ? किनभने, पल र आँचल ब्रेकअपपछि म्यूजिक भिडियोमा त सँगै छन्, फिल्ममा छैनन् ।
पल र आँचललाई फ्यानले यो प्रश्न खुबै सोध्ने गरेका छन् । आँचललाई पनि फ्यानले पलसँगको फिल्म कहिले खेल्ने भनेर सोधिरहेका छन् ।

आँचललाई पनि पलसँग कहिले फिल्म आउँछ भनेर थाहा छैन । उनी, सायद चाडै नै भन्ने जवाफ दिन्छिन् । फ्यानले सोधेको प्रश्नमा आँचलले सायद, चाडै नै भनेकी छिन् । पलसँग फिल्म कहिले आउँछ भनेर उनी पनि अनविज्ञ छिन् ।
फ्यानका कारण आँचल पलसँग फिल्म तत्काल आउँदैन भन्ने अवस्थामा छैनन् । तर, पल र आँचलको सम्बन्ध अहिले पहिलेको जस्तो भने छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *