समाचार
भटाभट फिल्म खेल्दै पूजा शर्मा, पलसँगको रोमान्सले कतिदेला साथ !
जसै प्रेमगीत हिट भयो, लाइमलाइटमा आइन् पूजा शर्मा।धेरै फिल्म खेल्दा लोकप्रियतामा असर पर्ने तर्क गर्दै वर्षमा एक फिल्म मात्र खेल्न थालन्। म्युजिक भिडियोबाट पनि टाढा बसिन्।
रामकहानीले अपेक्षाकृत व्यापार नगरेपछि पूजाले भटाभट फिल्म खेल्ने नयाँ रणनीति लिइन्। यो खबर आजको नेपाल साप्ताहिकले छापेको छ।
अन्ततः सम्हालिन्छ कहिले मनको सुटिङ सकिनासाथ पोइ पर्यो काले खेलिन्। यी फिल्म रिलिज नहुँदै म यस्तो गीत गाउँछु २ मा अनुबन्ध भएकी छन्।
अपोजिटमा छन्, पानी बाराबार भएका पल शाह।म्युजिक भिडियोमा समेत देखिन थालेकी पूजाको भटाभटवाला नीति कत्तिको प्रीतिकर हुने हो, हेर्न बाँकी छ।



