समाचार

कपिलवस्तुमा डुवेर दुई बालकको मृत्यु

बुटवल– कपिलवस्तुमा आज दिउँसो डुवेर दुई बालकको मृत्यु भएको छ  ।

 कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ४ किलौनी भन्ने स्थानमा पोखरीमा डुवेर स्थानीय दुई बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।

 प्रहरीका अनुसार मृत्यु हुनेमा सोही स्थानमा ९ वर्षीय अनमोल बोहोरा र १० बर्षिय सौगाता कुंवर रहेका छन् । 

 उनीहरु घर नजिकै पोखरीमा दिउँसो २ साढे दुई बजे पौडी खेल्न गएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *