समाचार

पहिरोले घर पुरिँदा २ को मृत्यु

काभ्रे — पहिरोले घर पुरिँदा बनेपा-३, चुनातालमा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । रामप्रसाद दंगालको घर पुरिँदा उनकी श्रीमती अन्दाजी ५५ वर्षीय गोमा र उनकी ७ वर्षीय नातिनी सुहावीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । घटनामा परी उनकी बुहारी ३० वर्षीय सुशीला र नातिनी ३ महिनाकी अनुस्का दंगाल घाइते भएका छन्। घाइतेको शीर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ। छिमेकी दिवाकर दाहालका अनुसार, करिव २५ मिटर खसेको पहिरोले कच्ची घर बगाएको थियो। भूकम्पले चर्किएको घर पहिरोको समेत जोखिममा थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *