समाचार

शिल्पाले पति छबीलाई उजुरी दिनुको कारण यस्तो !

काठमाडौँ – चलचित्र निर्माता छविराज ओझा विरुद्ध कुटपिटको आरोप लागेको छ । निर्माता ओझालाई यस्तो गम्भिर आरोप लगाउने ब्यक्ति अरु कोही नभएर उनकै पत्नि शिल्पा पोखरेल हुन् । यो जोडीले बि सं २०७३ सालमा गोप्य रुपमा विबाह गरेर एकसाथ फिल्म निर्माण गर्दै आइरहेको थियो ।

अभिनेत्री रेखा थापासँग डिभोर्स पछि छवि र शिल्पा नजिक भएका छविले नै शिल्पालाई चलचित्रमा डेब्यू गराएका हुन् । शिल्पाको समेत लगानी रहेको भनिएको फिल्म मंगलमको सफलतासँगै यो जोडी थप चर्चामा रहेको थियो । यद्यपी शिल्पाले मंगलबार पति छविले आफ्नो कानको जाली नै फुट्नेगरी कुटपिट गरेका कारण घरेलु हिंसाको उजुरी दर्ता गराएको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले बताए ।

ओझासँग विवाह गरेकी शिल्पाले घरेलु हिंसाको उजुरी दर्ता गराई श्रीमानले हातपात गर्दा आफ्नो कानको जाली फुटेको उल्लेख गरेसँगै प्रहरीले दुवै पक्षलाई छलफलको लागी बोलाएको स्रोतले जनाएको छ । यस विषयमा हामीले निर्माता ओझासँग बुझ्न खोज्दा उनी सम्र्पकमा आउन चाहेनन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *