समाचार

गृहमन्त्री जवाफ चित्तबुझ्दो नभएको भन्दै संसद बैठक अवरुद्ध

काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसहरुले गृहमन्त्री रामबहादुर थापाको जवाफ चित्तबुझ्दो नभएको भन्दै संसद बैठक अवरुद्ध गरेका छन्। पछिल्लो समय सर्लाहीका तीन घटनामा गृहमन्त्री रामबहादुर थापाले दिएको जवाफ चित्त बुझ्दो नभएको भन्दै सासदहरुले संसद अवरुद्ध गरेका हुन्। गृहमन्त्री थापाले राज्य मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न प्रतिवद्ध रहेको भन्दै सोही क्रममा सर्लाहीको घटना भएको स्पष्ट पारेका थिए।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सर्लाही घटनाबारे सांसदहरुले उठाएको जिज्ञासाको सम्बोधन गर्दै उनले शान्ति सुव्यवस्था कायम गर्ने क्रममा सर्लाहीका घटना भएको बताउन भएका थिए।

विप्लव समुहका कार्यकर्ताले सर्लाहीको लावबन्दी र हरिवन इलाकामा स्थानीय जनप्रातिनिधि र व्यापारीलाई चन्दा माग्दै ज्यान मार्ने धम्की दिने गरेको गुनासोपछि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै केन्द्रबाट परिचालित समूह र विप्लव समुहका जिल्ला इन्चार्ज कुमार पौडेलको समुहबीच जम्काभेट हुदा पौडेल समुहको तर्फबाट फायरिङ भएको र जवाफी फायरिङको क्रममा कुमार पौडेलको मृत्यु भएको बताए । सांसदहरुले तीनै घटनाको अध्ययनको लागि संसदीय समिति गठन नगरी बैठक चल्न नदिने भन्दै अवरोध गरेका हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *