समाचार

उपमहानगरपालिकाद्वारा सुत्केरी प्रोत्साहन भत्ता

दाङ, असार २४ । दाङको घोराही उपमहानगरपालिका वडानम्वर ४ ले चालु आर्थिक वर्षमा ६१ जना सुत्केरीलाई प्रोत्साहन रकम दिएको छ  गर्भावस्थाबाट स्वास्थ्य जाँच गर्दै स्वास्थ्य संस्थामै पुगेर बच्चा जन्माएका वडाका ६१ जना आमाहरुलाई वडाले एक हजारका दरले प्रोत्साहन रकम दिएको हो ।

स्वास्थ्य संस्थामा सुत्केरी हुने आमालाई प्रोत्साहन गर्ने गरी चालु आर्थिक बर्षमा एक लाख रुपैयाँ बजेट वडाले बिनियोजन गरेको थियो ।वडामा रहेको लक्ष्मीपुर स्वास्थ्य चौकीमा नियमित स्वास्थ्य जाँच सँगै सुत्केरी पनि संस्थामै भएका ती ६१ जना आमाहरुलाई आज वडा अध्यक्ष भिमबहादुर सार्कीले एक एक हजारका दरले प्रोत्साहन रकम दिनुभएको हो ।

मातृशिशु सुरक्षाका लागि र स्वास्थ्य प्रति सजग गराउन वडा कार्यालयले यस्तो कार्यक्रम सञ्चालन गरेको वडा अध्यक्ष सार्कीको भनाई छ । अहिले पनि गर्भ अबस्थालाई गम्भिररुपमा नलिने प्रबृत्ती रहेको भन्दै स्वास्थ्य नै ठूलो सम्पत्ती हो भन्ने सन्देश दिन लागि परेको उहाँले उल्लेख गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *