समाचार

आज देशका अधिकांश स्थानमा भीषण वर्षा हुने सम्भाबना

काठमाण्डौ – देशभर मनसुन सक्रिय भएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालतिर सरिरहेकाले मनसुन सक्रिय भएको हो । मनसुन सकृयभएपछि किसानहरु रोपाइमा व्यस्त हुन थालेका छन् ।

देशभर मनसुन सक्रिय हुँदा सोमबार देशका धेरैजसो ठाउँको मौसम सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभरी नै मनसुनी बादल देखिएकाले पानी पर्ने सम्भावना भएको मौसम विदले जनाएका छन् ।सोमबार देशको केही ठाउँमा ठूलो र धेरै ठाउँमा मध्यमखालको पानी पर्ने सम्भावना छ । । गएको शनिबारदेखि मनसुन सक्रिय हुँदा देशका धेरैजसो भूभागमा वर्षा भइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *