समाचार

सर्वसाधरण भन्छन् प्रधानमन्त्रीले ढाँटे, ‘माक्स’ बिना हिँड्नै मुश्किल छ काठमाडौंमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक दिएको अभिव्यक्तिको सर्वसाधारणले चर्को आलोचना गरेका छन् । प्रधानमन्त्रीले ढाँटेको भन्दै आलोचना भएको हो । गत शनिबार मदन भण्डारीको ६८ औँ जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘मैले प्रधानमन्त्री हुँदाको बेला भनेका थिएँ– ‘अब काठमाडौँमा नाक समाएर हिँड्नुपदैन ।

माक्स लगाएर हिँड्नुपर्दैन । म प्रधानमन्त्री हुँदा आधा जनसंख्या माक्स लगाएर हिँड्थे । अहिले सडकमा मास्क लगाएर कोही पनि हिँड्दैनन् ।’ प्रधानमन्त्री यस्तो भनेपछि कार्यक्रममा उपस्थित धेरैले तालीसमेत बजाए । प्रधान मन्त्रीको भाषण पत्याउने हो भने उपत्य का धुँवा र धुलोमुक्त भएकाले सडकमा माक्स लगाएर हिँड्नुपर्ने अवस्था छैन । तर यथार्थ भने ठीन उल्टो छ ।

प्रधानमन्त्रीले हावादारी कुरा बोलेको भन्दै सामाजिक सञ्जालमार्फत चर्को आलोचना भएको समाचार आजको नागरिक दैनिकले लेखेको छ। अस्तव्यस्त सडक, सवारी–साधन तथा उद्योग वायु प्रदूषणका मुख्य स्रोत हुन् । अव्यवस्थित उद्योग तथा कारखाना, सवारी–साधन सञ्चालन, क्षतिग्रस्त भौतिक संरचना र सडक मर्मत, धुवाँ, स्वास्थ्य संस्थाबाट निस्कने फोहोर, घरबाट निस्कने फोहोरले गर्दा वायु प्रदूषण उच्च बिन्दुमा पुगेको छ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *