समाचार

चट्याङबाट गर्भवती युवतीसँगै एकै परिवारका ७ जना माथि यस्तो वज्रपात परेपछि

पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ८ माइसिराङ एकसाताका बीचमा एउटै घरमा दुईपटक चट्याङ परेर तीन आमाछोरीसहित सातजना घाइते भएका छन् । सोमबार साँझ परेको चट्याङले ९ वर्षीया उपासना प्रजा र ६ वर्षीया आस्था प्रजा घाइते भएकी हुन् । यस्तै, केहीदिन अघि परेको चट्याङबाट गर्भवती महिला दिलकुमारी प्रजासहित पाँच जना घाइते भएका थिए ।

सोमबार घाइते भएकी उपासना र आस्था दिलकुमारीकी छोरी हुन् । चट्याङबाट दिलकुमारीसँगै गर्भवती श्रीमाया प्रजा, अञ्जना प्रजा, विन्दुमाया प्रजा र शितल प्रजा घाइते भएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *