समाचार

भिरालो सडकमा अनियन्त्रित भई यात्रुबाहक बस खोँचमा झर्दा दुर्घटनाग्रस्त ,३३ जनाको मृत्यु

किश्तवा – भारत प्रशासित जम्मु काश्मिरको किश्तवाड जिल्लामा सोमबार बिहान भएको एक सवारी दुर्घटनामा ३३ जनाको मृत्यु हुनुका साथै अरु २२ जना घाइते भएका छन् ।किश्तवाडका प्रहरी उपआयुक्त अंग्रेज सिंह रानाले यात्रुबाहक बस खोँचमा झरेर दुर्घटनाग्रस्त भएको जानकारी दिनुभयो ।

केशवनबाट आइरहेको यात्रुबाहक बस भिरालो सडकमा अनियन्त्रित भई खोँचमा झरेको प्रारम्भिक अनुसन्धानमा देखिएको पनि रानाले बताउनुभयो ।घाइतेहरुलाई उपचारका लागि नजिकका अस्पतालहरुमा भर्ना गरिएको छ । (रासस-एएनआई)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *