समाचार

नुवाकोट भाईबहिनीले गाए प्रकाश सपुतको गलबन्दी, मिडियामा गरे यस्तो रमाईलो

सामुद्रिक सतहबाट ५ सय १० मिटरको उचाईमा पर्छ, नुवाकोट जिल्लाको बालकोटगडी नगरपालिका वडा नम्वर १० बाघखोर । यो निकै रमणिय स्थल । अहिले बेलुकाको पाँच बज्दैछ । स्थानीय महादेव आधारभुत बिद्यालयका सानासाना भाईबहिनी आजको पढाई सकेर घर फर्कदै छन् ।

उनीहरुसँग हाम्रो यसरी जम्काभेट भयो । क्यामेरा बोकेका नौला मान्छे देखेपछि उनिहरु हामीसँग विस्तारै खुल्दै गए । अनि भाईबहिनीले हामीसँगै गाउँदै, नाच्दै, कविता बाचन गर्दै साह्रै रमाईलो गरे । उनीहरुले बाल गीतदेखि प्रकाश सपुतको अहिलेको चर्चित गीत ‘गलबन्दी’सम्म गाए ।

गाउँदै गर्दा कोही लजाउँथे भने कसैको हासोको फोहोरा छुट्थ्यो । दुई बालिकाले त ‘काले दाई’ बोलको गीत गाउँदै नाचेर समेत देखाए । उनीहरु विद्यालयको पाठ्यक्रमबाहेक अन्य क्रियाकलापमा पनि उत्तिकै रुची राख्दा रहेछन् । गाउँले परिवेशमा हुर्किएका उनीहरुमा आफ्नो संस्कृति प्रेम झल्किन्थ्यो ।


Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *