समाचार
खुसीको खबर, बल्ल घट्न थाल्यो तरकारीको मूल्य
भारतीय चुनावताका अस्वभाविक रूपमा बढेको तरकारीको भाउ घट्न थालेको छ।
वैशाख दोस्रो सातादेखि जेठ तेस्रो सातासम्म कतिपय तरकारीको मूल्य चार गुणासम्म बढेकामा अहिले आएर अधिकांश तरकारीको मूल्य ‘करेक्सन’ भएको हो।
गत सातायता मात्र गोलभेंडा, बोडी, भन्टा, परवर, काउलीलगायतका तरकारीको मूल्य घटेको खबर आजको कारोबार दैनिकमा किरण आचार्यले लेखेका छन्।अन्य तरकारीको मूल्यमा पनि झिनो अन्तर देखिन्छ।


