धरान । सशस्त्र प्रहरी बलको पाथीभरा गण दमकमा तालिम लिइरहेका ५ जना जवान सिकिस्त विरामी भएका छन् । भारी बोकेर हिड्ने क्रममा ५ जना सिकिस्त विरामी परेका हुन् । बिरामी हुनेहरुमा संखुवासभा घर भएका २० वर्षिय प्रशान्त कुलुङ, भोजपुर घर भएका २२ वर्षिय भरत कपाली, उदयपुर त्रियुगा–३ घर भएका २० वर्षिय देवचन्द्र राई, मकालु गाउँपालिका संखुवासभाका दिपक कुलुङ र इलाम नयाँबजार घर भएका २० वर्षिय यमकुमार दियाली सिकिस्त विरामी भएका हुन् ।
सशस्त्र प्रहरी पाथीभरा गण दमकका डिएसपी लालसिंह बिष्टले प्रहरी जवानहरुलाई डिहाइड्रेसन भएर बिरामी परेको बताए । उनका अनुसार विहान सधै दिन भन्दा अलि बढी गर्मि (३८ डिग्रि सेल्सियस) भएकोले पनि उनीहरुमा समस्या आएको हो । बिरामीहरुलाई अहिले धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । ५ जना जवान विहानैदेखि सिकिस्त भएपनि घटना भने गुपचुप राखिएको छ । अहिलेसम्म कसैको आफन्तजनलाइ खबर गरिएको छैन ।



