स्वास्थ्य
यसकारण रातको समयमा फलफुल खान उपयुक्त मानिन्छ्
रातको समय अचानक भोक लागेमा के खाने गर्नुभएको छ रु यस्तो वेला भोक मेटाउन तपाईंले चकलेट वा स्न्याक्सको सहारा लिइरहनुभएको छ भने गलत गर्नुभएको छ ।
किनकि, रातको समय अत्यधिक सुगर र क्यालोरीयुक्त स्न्याक्स प्रयोग गर्दा स्वास्थ्यमा खराब असर पर्न सक्छ । त्यसैले स्वास्थ्यका लागि यस्तो समयमा फलफूल प्रयोग गर्दा निकै लाभदायक हुन्छ । तपाईंले डिनर गरेको केही समयपछि हरेक दिन फलफूल प्रयोग गर्दा पनि राम्रो हुन्छ ।खाना र फलफूल एकैपटक प्रयोग गर्दा पचाउन समस्या हुन्छ ।
खानासँगै फलफूलको प्रयोग गर्दा स्वास्थ्यमा नकारात्मक असर पनि पुग्न सक्छ । त्यसैले खाना र फलफूल खाने समयको बीचमा ग्याप हुन जरुरी छ । सुत्नुअघि फलफूलको प्रयोग गर्दा आवश्यक पोषण तत्व प्राप्त गर्न सकिन्छ । फलफूलबाट भिटामिन, मिनरल्स, फाइटोकेमिकल र फाइबरको मात्रा प्राप्त गर्न सकिन्छ फलफूलमा क्यालोरीको मात्रा हुन्छ । जसका कारण मानिसको तौल बढ्दैन ।




