स्वास्थ्य

तपाईलाई थाहा छ लसुन खानुको फाइदा ?

काठमाडौं । तरकारी पकाउँदा होस् या अचार बनाउँदा होस् हाम्रो भान्सामा लसुनको प्रयोग हुन्छ । अझ नेवारी संस्कारमा त लसुन अनिवार्यजस्तै छ । लसुनमा औषधीय गुण पनि हुने भएकाले मानव स्वास्थ्यमा यसको फाइदा व्यापक छ । मानिसहरुले सब्जीमा यसको प्रयोग गरेपनि खाली पेटमा लसुन खाने बानी नहुन सक्छ । खाली पेटमा लसुन खाँदा धेरै फाइदा हुन्छ ।

खाली पेटमा लसुन खानुको फाइदाहरु यसप्रकार छ :

झाडापखालाका बिरामीहरुलाई लसुन लाभदायक हुने गर्छ । यदि तपाईले खाली पेटमा लसुनको पोटी चपाउनुभयो भने झाडाबान्ता हुनबाट जोगाउँछ ।

नियमित रुपमा खाली पेटमा लसुन खाएमा रक्तसञ्चारमा सहयोग गर्छ । यसले उक्त रक्तचापको जोखिमलाई पनि कम गराउँछ । यसले मुटुरोग तथा मुत्रथैलीको संक्रमणबाट पनि बचाउँछ ।

खाली पेटमा लसुन खाएमा पाचन प्रक्रियालाई पनि नियमित गराउँछ । यसले तपाईमा भोक पनि बढाउँछ । लसुन सेवनले तनाव कम गराउनुको साथै पेटमा हुने अम्लियपनालाई नियन्त्रणामा पनि भूमिका निभाउँछ ।

कब्जियतको समस्या कम गराउन पनि लसुनले सहयोग गर्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *