हरियो धनिया किन खाने ? यस्तो छ फाइदा

अ+
अ
अ-

काठमाडा-हरियो धनिया स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यसको स्वाद निकै मिठो हुन्छ । हामीले दैनिक जीबनमा प्रयोग गरिआएको धनिया तरकारी वा अचारको टेस्टको लागि प्रयोग गर्छौ ।

हरियो धनिया मात्र नभई यसको बियालाई पानी पिसेर तरकारीलाई स्वादिष्ट बनाउन् सकिन्छ ।धनियामा षण हुन्छ, जुन डाइट्री फाइबर्सको प्रमुख स्रोत हो । यसमा म्यागनीज, आईरन, म्याग्नििशयम धेरै मात्रामा हुन्छ ।धनियाको पातले हाम्रो शरिरमा भएको अनावश्यक कोलेस्ट्रोल कम गर्नुको साथै शरीरलाई फाइदा हुने कोलेस्ट्रोल बढाउछ ।धनियामा भएको बिबिध भिटामिनले अल्जामियेर, डायेबिटिज, सुगर जस्ता बिरामीलाई फाइदा पुर्याउँछ ।हरियो धनिया पिसेर अनुहारमा भएको पिम्पल्स हटाउन पनि सकिन्छ ।

हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ ।आँखा सम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ ।हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् । पेटमा रहेका कीटाणुलाई पनि हरियो धनियाले मार्ने गर्छ ।