मनोरञ्जन
यी सुन्दरी बनिन् मिस इन्डिया !
एजेन्सी, मुम्बई । भारतको राजस्थान निवासी सुमन रावले ‘मिस इन्डिया २०१९’ को उपाधि हात पारेकी छन् ।
मुम्बईस्थित सरदार बल्लभभाइ इन्डोर स्टेडियममा भएको विशेष समारोहमा उनी ताज आफ्नो नाममा दर्ता गर्न सफल भइन् । उनलाई ‘मिस इन्डिया २०१८’ को विजेता अनुकृत वासले ताज लगाइदिइन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
त्यस्तै, प्रतियोगितामा फस्र्ट रनरअपको उपाधि छत्तिसगढकी शिवानी जाधवले प्राप्त गर्न सफल भइन् । यो उपाधिसँगै मिस इन्डिया २० वर्षीया सुमनले थाइल्यान्डमा हुने ‘मिस वल्र्ड २०१९’ मा भारतको प्रतिनिधित्व गर्ने जनाइएको छ ।
उपाधि प्राप्त गरेपछि सुमनले भनिन्, ‘जब तपाईं जीवनमा एउटा विशेष लक्ष्य समर्पित गर्नुुहुन्छ तब तपाईंको शरीरको नसा–नसा तपाईंको जितका लागि काम गर्न सुरु गर्छ ।’
कार्यक्रममा कोरियोग्राफर रेमो डिसुजा, अभिनेत्री हुमा कुरैसी, चित्रांगदा सिंहलगायत कलाकारको उपस्थित थियो । कार्यक्रममा कटरिना कैफ, विक्की कौशल र मोनी रायले आफ्नो नृत्य प्रस्तुत गरेका थिए ।



