समाचार

अब सीप नसिकेका व्यक्तिलाई विदेश जान नपाइने

सरकारले सीप नसिकेका व्यक्तिलाई वैदेशिक रोजगारीमा जान नदिने भएको छ।सरकारको यो निर्णयले वैदेशकि रोजगारीमा जाँदा हुने कामदारको खर्च बढ्ने देखिएको छ। यो खबर आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन्।

सीप नसिकी विदेश जाँदा आर्थिक र शारीरिक शोषणमा पर्ने गरेको भन्दै असार १५ देखि सीप सिकेकालाई मात्र श्रम स्वीकृति दिने निर्णय गरिएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बताए।

राम्रो काम र आकर्षक आम्दानीका लागि विदेश जानेहरु दक्ष हुनु आवश्यक भए पनि एक महिनाको छोटो तालिमले तात्विक फरक पार्ने सम्भावना भने देखिँदैन।बरु तालिमको बहानामा कामदारको वैदेशिक रोजगारी लागत कम्तीमा ३० हजार रुपैयाँले बढ्ने देखिएको छ।

सरकारले चार वर्ष अघि गरेको निःशुल्क भिसा र टिकटको निर्णयमा विवाद भइरहँदा कामदारलाई थप आर्थिक भार पार्ने सीप सिकाउने कार्यक्रम सुरु गर्न लागेपछि उक्त कार्यक्रम समेत विवादमा तानिने सम्भावना देखिएको सम्बद्ध व्यक्ति बताउँछन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *