समाचार

छोरी माथि बलात्कार गरेको आरोपमा सानोबुवा पक्राउ

ललितपुर / गोदावरीस्थित एक विद्यालयको होस्टलमा बस्दै आएकी १३ वर्षीया बालिका आफ्नै सानोबाबुले बारम्बार बलात्कार गरेको खुलेको छ। सानोबाबुले गत शनिबार पनि गोदावरीको एक होटलमा अप्राकृतिक मैथुन गर्न लगाएपछि घटना सनर्वजनीक भएको थियो । बालिकाको घर काठमाडौं बाहिर रहेकाले विद्यालयको होस्टलमा बस्दै आएकी थिइन्।

बालिकाका अभिभावक उपत्यका बाहिरै रहेकाले सानोबाबुले जिम्मा लिएर बेलाबेलामा घुमफिर गराउन लैजाने गरेको विद्यालयले जनाएको छ । बालिकाले गत शनिबारको घटना साथीलाई बताएपछि उक्त कुरा विद्यालयका शिक्षकसम्म पुगेको थियो ।

शिक्षकलाई पनि सानोबाबुको क्रियाकलापमा शंका लागेपछि बालिकासँग सोधपुछ गर्दा गोदावरीस्थित न्यु हिमालयन रेष्टुरेन्ट एण्ड गेष्ट हाउसमा लगेर मिठाइलगायत अन्य खानेकुरा खुवाई अप्राकृतिक मैथुन गर्न लगाएको बालिकाले बताएकी थिइन्। पक्राउ परेमका आरोपितले आरोप स्वीकार गरेका छन् । सात दिन म्याद थप गरी जबरजस्ती करणी अन्तर्गतको मुद्दामा अभियुक्तमाथि अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *