समाचार

सेतै फुलेका डरलाग्दा मुस्लिम चाचा, ५० बर्षदेखि हिन्दु महिलालाई यस्तो सामान बेच्दै

काठमाण्डौ । सेतै फुलेको बाक्लो झ्याप्पको दारी । अगाडी बेच्नको लागि राखिएका किसिमकिसिमका चुरा । लहरै तरलङ्ग झुण्डिएका थरीथरीका पोते अनि छेवैमा कालो भाद्गाउँले टोपीमा सजिएका बर्ष ७९ का फिरोद्दिन । चुरा, पोते, टिका लगायतका महिलाको सौन्दर्यसँग जोडिएका श्रृङ्गार सामाग्रीको यो पसल फिरोजद्दिनको हो । ललितपुरको पाटनस्थित कृष्णमन्दिर परिसरमा छ उनको पसल । कृष्णमन्दिर परिसरमै रहेको एक मन्दिरको पिँडीमा फिरिजोद्धिनले पसल खोलेका हुन् ।

उनको पसलको छानो छैन । घाम र पानीबाट बच्न प्लाष्टिकका छानो लगाएका छन् । त्यही प्लाष्टिकको ओतमुनि फिरोजद्दिनको कारोवार चल्छ । मुस्लिम समुदायका फिरिजोद्दिन ७९ बर्षको पुग्दा उनको यो पसल ५० बर्षको भयो । ५० बर्षदेखि हिन्दु महिलाहरुलाई श्रृङ्गार्दै आएका छन् फिरिजद्दिन । त्यसो त उनको समुदायका महिलाले श्रृङ्गारको रुपमा चुरा, पोते लगायतका सामाग्री प्रयोग गर्दैनन् ।

जुन फिरोजद्दिनले बेच्दै आएका छन् । तर पनि उनी ५० बर्षदेखि यहि पेसामा छन् । प्लाष्टिकको छानो मुनि बसेरै उनले जिन्दगीको आधा उमेर कटाए ।
६ भाई छोरा र एक छोरीको उचित व्यवस्थापन यहि पसलबाट गरे । अहिले छेवैमा जेठो छोरो समीउद्दिनको उनको जस्तै पसल छ । उनी काठमाण्डौकै स्थानीय बासीन्दा हुन् । मल्लकालिन राजाको पालमा काश्मिरबाट मुस्लिम समुदायलाई काठमाण्डौ ल्याएको ईतिहास छ ।

आफ्ना पुर्खापनि त्यही बेला काठमाण्डौ आएको हुन सक्ने उनी बताउछन् । त्यसोत साहबंसीय राजा पृथ्विनारायण साहले हातहतियार बनाउनको लागि काश्मिरबाट मुस्लिमहरु ल्याएर गोरखामा बस्ती बसालेको इतिहास पनि छ । उनै लामो इतिहास बोकेका फिरोजद्दिनसँग हामीले कुराकानी गरेका छौ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *