समाचार

महेन्द्रनगरमा अटो रिक्सा र जेसिबी ठोक्किँदा ३ जनाको मृत्यु, एक घाइते

कञ्चनपुर । महेन्द्रनगरको वनगाउँमा सडक दुर्घटना हुँदा ३ जनाकाे ज्यान गएकाे छ । विपरीतबाट आइरहेकाे अटो रिक्सा र जेसिबी (डाेजर) एक-आपसमा ठोक्किँदा साे दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ । घटनामा ३ जनाको मृत्यु भएकाे र एक जना गम्भीर घाइते रहेकाे प्रहरीकाे भनाइ छ ।

गड्डाचौकी बाट महेन्द्रनगर आउदै गरेको म १ ह ७६३ न काे अटाे रिक्सा र महेन्द्रनगर बजारबाट भुजेला जाँदै गरेको से १ प ७३३ न को jcb डाेजर आपसमा ठोक्किँदा ३ जनाको घटना स्थलमै मृत्यु भएकाे हाे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *