समाचार
गुठी खारेज भए तरुण दलले कडा आन्दोलन चर्काउछ : केन्द्रीय अध्यक्ष जित जङ्ग बस्नेत
नेपाल तरुण दल पर्साका तत्कालिन अध्यक्ष बिरेन्द्र पटेलको बार्षिक पुण्य तिथीको अवसरमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । बिरगंजमा आयोजित सभामा सहभागी हुनको लागि नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेत, नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा माननीय प्रकाशमान सिंह लगायतका नेताहरु काठमाडौँबाट गएका थिए ।
सभामा बोल्दै नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले स्वर्गीय बिरेन्द्र पटेललाई सम्झिदै उनि आफ्नो नजिकको मित्र रहेको र आत्मीयताको हिसाबले पनि उनि निकै मेहेनती र दिगो सोच भएको व्यक्ति रहेको उनले बताए । सभामा बोल्दै अहिलेको ताजा बिषय गुठी खारेजको बारेमा कडा अभिव्यक्ति दिएका छन् । अहिलेको वर्तमान केपी ओली कम्युनिष्ट सरकारले गुठी खारेज गर्दै जग्गा कब्जा गर्ने दाउ गरिरहेको बताएका छन् ।
बिधयक ल्याउने बहानामा जनताको सार्वजनिक जग्गा कब्जा गर्ने कम्युनिष्ट अधिनायकवादी सरकारको नियत रहेको र यहि कालो नियत बालुवाटार जग्गा काण्डबाट नै प्रमाणित भईसकेको समेत उनले बताए । तर कम्युनिष्ट सरकारको यो धुर्त्त योजना कुनै पनि हालतमा नेपाल तरुण दलले सफल हुन नदिने समेत उनले बताए । जनताको अधिकार अब नेपाल तरुण दलले मागेर होइन कम्युनिष्ट सरकार संग लडेर दिलाउने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।
यस्तै सभामा बोल्दै उनले गृहमन्त्री रामबहादुर थापा (बादल) लाई खुल्ला चुनौती दिएका छन् । निर्मला पन्त हत्या काण्डमा केन्द्रीत हुँदै उनले गृहमन्त्रीका छोरा यस घटनामा संलग्न रहेको टिप्पणी गरे ।
यस्तै उनले हिम्मत छ र आफ्नो कुरालाई झुटो साबित गर्ने हो भने गृहमन्त्रीलाई छोराको डी.एन.ए टेस्ट गर्न आग्रह गरे । यस्तै उनले यदि आफुले बोलेको कुरा झुटो साबित भए आफु जेल जाने पनि तयार रहेको समेत स्पष्ट पारे । साथमा उनले निर्मला पन्तको हत्याको वास्तविकता जति नै लुकाउन खोजे पनि यसको चिरफार गरेर सत्यतथ्य नेपाल तरुण दलले बाहिर लिएर आउने समेत प्रतिबद्धता जाहेर गरे ।
त्यस्तै उनले मेलम्ची खानेपानी योजनामा प्रचण्डको बुहारी बिना मगरले गरेको भ्रष्टाचारको कुरालाई प्रकाश पार्दै अब यसको पनि खोजीनिती नेपाल तरुण दलले गर्ने र जनताको अधिकारलाई बन्चित हुन नदिने बताए । यस्तै उनले नेपाल तरुण दल हरदम जनताको साथमा रहेको र जनताको दुखमा कुनै पनि समय सारथी बनेर अगाडी बढ्ने र जनताको अधिकार वर्तमान कम्युनिष्ट अधिनायकवादी सरकार संग मागेर होइन अब लडेर दिलाउने समेत बताएका छन् ।




