समाचार
धरानमा सुन टल्काइदिन्छु भन्दैे सुन ठगी गर्ने दुई भारतीय प्रक्राउ
धरान / पछिल्लो समय विभिन्न वहानामा ठगी गर्ने गिरोह सक्रिय भएका छन् । यसै क्रममा धरान प्रहरीले पितल र सुन टल्काइदिन्छु भन्दैे सुन ठगी गर्ने दुई जना भारतीयहरुलाई प्रक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानका टोलीले जेष्ठ २९ गते मध्यान्ह धरान १७ की बर्ष ३२ की सविना राईको घरमा गई पित्तलको भाडाकुडा टल्काउने र सुनको सिक्री समेत टल्काउने भन्दै सिक्रीमा भएको ९ आना सुन गायव बनाउने दुई जना भारतीय नगरिकलाई लाई प्रक्राउ गरी ठगी मुद्धामा मुद्धा चलाइएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो ।
प्रक्राउ पर्नेमा भारत विहार राज्य जिल्ला कटिहार नया टोल बस्ने बर्ष १८ का पवनकुमार मण्डल र सोही ठाउको तीन गछिया बस्ने बर्ष १९ कै दिपककुमार साहलाई पक्राउ गरिएको डिएसपी न्यौपानेले बताउनुभयो ।
उनीहरुल राईको घरमा गएर भाडाकुडा टल्काउनुका साथै २ तोला चारआनाको सिक्री टल्काउने भन्दै रसाइन झोलमा डुबाई ब्रस गरी दिने क्रममा सिक्री सान भई चुटिएपछि शंका लागि सिक्री तौल गर्दा १ तोला सात आना मात्र पाइएको पीडित सविना राईले बताउनुभयो । उनीहरुको साथबाट टल्काउन प्रयोग गर्ने सामाग्री समेत बराबद गरिएको डिएसपी न्यौपानेले बताउनुभयो ।


