स्वास्थ्य

सरकारी अनुदानबाट बञ्चित किसानहरु परवल खेतीमा रमाउँदै

कपिलवस्तु, जेठ २५ । परवल खेतीका लागि जिल्लाको बुद्धुभुनी नगरपालिका– १० गगनी गाउँ नुमना बन्दै गएको छ । बलौटे माटोमा हुने परवल खेतीमा लागेका गाउँको डेढ दर्जन कृषकहरुले राम्रो आम्दानी गर्दै आएका छन्। कृषकहरुले १० बिघा खेतमा परवल खेती गरेको बताए । दुई दशकदेखि कृषकहरुले परवल खेती गर्दै आएका छन् । यो खेतीले गर्दा गगनी जिल्ला नै परवल गाउँका रुपमा चिनिएको छ । जिल्लामा सबै भन्दा बढी परवल खेती गर्ने गाउँ नै गगनी रहेको स्थानीय कृषकहरु बताउँछन । गगनी बाहेक बरलमापुर र खोरियामा पनि सामान्य परवल खेती गरेको देखिन्छ । बाणगंगा नदी अन्तर्गत बिजगौरी पुलको दक्षिण तर्फ बगर र आसपास परवल खेती गर्दै एक दर्जन कृषकहरुले सिजनमा ५० हजारदेखि एक लाख आम्दानी गर्दै आएको बताए ।

लहरे जातिका रुपमा रहेका परवल खेतीमा बिगत २ दशकदेखि हात हालेका ७० वर्षे कृषक तालेश्वर पासीले ३ बिघा कच्चीमा परवल लगाएका छन । हप्ताको दुई पटक चार क्विन्टलका दरले परवल बेचेर अहिले सम्म ४० हजार आम्दानी गरेको उनले बताए । तौलिहवा बजारमा मंगलवार र शनिवार लाग्ने हाटबजारमा परवल बेच्दै आएका उनले उप्पादन बढी भएको र भारतीय परवल समेत भित्रिएकाले यस वर्ष अली सस्तोमा बिक्री गर्नु परेको गुनासो पनि गरेका छन् । सरकारले आफूहरुलाई नहेरको उनले बताएका छन् । बृद्ध कृषक पासीले भने ,‘ हामी आफ्नै लगानी र बलबुताले परवर लगातयका तरकारी उत्पादन गदै आएका छौ, सरकारले हाम्रो लागि एक पैसा पनि अनुदान दिएको छैन ’ । पासीको पुरै परिवार त्यही परवल लगायतका तरकारी खेतीमा लागी परेका छन ।

परवल टिपेर बजारमा पठाउने चटोरोमा रहेकी तौलेश्वरकी श्रीमती अनाराले भनिन ‘ कृषि मन्त्री आफ्नै जिल्लाको भएको सुनेकी छु तर यहाँ कसैले पनि अहिले सम्म कुनै सरकारी अनु्दान पाएका छैनन ’ । ‘ ढेड महिना अघिसम्म ५० देखि ८० सम्म प्रति किलो परवल बिक्री हुन्थ्यो अहिले प्रति किला ४० देखि ५० रुपैयामा बिक्री हुने गरेको छ । परवलसहित खेतमा करेला, लौाका, काक्रो, तिरई समेत उत्पादन गरी उनीहरुले आम्दानी गर्दै आएका छन । गगनीका अर्का कृषक सिवड मल्लाहले भने, ‘अहिले सम्म २० हजारको मात्र परवल बेचेका छन्’ । यस वर्ष अझै सम्म परवलको भाउ ठीक नै रहेको उनले बताए । उनले भने , ‘ हामीले उत्पादन गरको परवल जिल्ला बाहिर निकासी गर्न पाएका छैन, यसका लागि कसैले पहल समेत गरेका छैनन् ’ खेतमा उत्पादन भएको परवल टिप्दै उनले भने ‘ हामीहरुको समस्या कसैले बुझ्दैनन ’ । ‘ बिउ भारतबाट किनेर ल्याउनु पर्छ सिचाईका लागि पनि कसैले सहयोग गरेको छैन, हामी भगवानको भरोसामा छौ । ‘

गगनीका सुर्दशन मल्लाहले अहिले सम्म १० हजारको परवल बिक्री गर्न नसकेको बताए । परवलको भाउ लगानी अनुसार यस बर्ष राम्रो आम्दानी गर्न नसकेको उनले बताए । सरकारले कृषकलाई पेन्सन, अुनदान लगायतका विभिन्न योजनारु घोषण गरे पनि गगनीका कृषकहरुलाई भने त्यसले नछाएको तालेश्वर पासीले बताए। ‘ हाम्रो गाउले परवल लगातयका तरकारी उत्पादनमा नाम कमाएको छौ तर सरकारको नजर भने यहाँ अझै सम्म परको छैन ’ उनले आक्रोसित हुदै भने । गगनीमा स्थानीय जातको परवल लगाइने गरेको छ । गाउँलाई तरकारी जोनसंग जोडन गत वर्ष राधा कृष्ण तरकारी कृषक समूह दर्ता गरिएको थियो। समूहका अध्यक्ष जगदीश प्रसाद मल्लाहले गाउँका कृषकहरुले आफ्नै बलबुताले तरकारी खेती गरेको बताए । ‘

गगनी अझै सम्म कृषि मन्त्री र अन्य निकायको नजरमा परेको छैन, ’ उनले दुःखी हुदै भने ‘ सिचाईको ब्यवस्था गरिए तरकारी खेतीका लागि धेरै सहज हुने उनले बताए । जिल्लामा गगनी खोरिया, बासखोर तिलौरी बलरमवापुर लगायतका गाउँको बगरहरुमा परवर खेती हुने गरको तरकारी जोन कपिलवस्तुले जनाएको छ । जिल्लामा ३५ हेक्टरमा परवल खेतीबाट २ सय मेट्रिक टन उत्पादन हुने गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *