समाचार
पथरीमा आखिर के गर्दै छ युवा संग नेपाल र वाईसीयल नेपाल
पथरीशनिश्चरे- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट युवा संगठनहरु युवा संघ नेपाल र वाइसिएल नेपाल पथरीशनिश्चरे नगर कमिटीको अगुवाइमा नगरमा बिपन्न बर्गका जनताको घर बनाउने कामको थालनि गरेको छ ।
शनिबार बिहान पथरीशनिश्चरे वडा नम्बर १ बिशाल चोक स्थित जेष्ठ नागरिक आमा सुक माया लिम्बुको घर निर्माण कार्यको सुभारम्भ गरेर ‘जनता सग युवा संघ’ कार्यक्रमको थालनी गरेको छ ।
उक्त कार्यको शुभारम्भ पथरीशनिश्चरे नगरपालिकाकी उप -प्रमुख यमुना बिस्ट बास्तोला ,वडा नम्बर १ का अध्यक्ष बाबुराम एङ्देन , नेकपा वडा नम्बर १ का संयोजक भिम राई र युवा संग नगर संयोजक मणि लिम्बूले गरेका थिए।
लिम्बुको घर निर्माण गर्नको लागि वडा नम्बर १ ले पचास हजार, नेकपा १ नम्बर वडा संयोजक भीम राईले पाच हजार रुपैया र बिभिन्न कन्ट्रक्सनहरु बाट ढुंगा,बालुवा, गिट्टी आदिको सहयोग प्राप्त भैसकेको छ भने बिभिन्न संघ सस्थाहरु बाट सहयोग आइ रहेको छ । जनताको घर बनाउने कार्यमा दैनिक तालिका बनाएर युवाहरु आफैले जनश्रमदान गरी घर निर्माण गर्नुपर्ने भएको हुदा भूगोल भित्र रहेका सम्पूर्ण युवाहरुलाई श्रमदानका लागी संगठनका नगर संयोजक मनि सुब्बाले निर्देशन गरेका छन ।

“लिम्बुको घर निर्माण कार्य चाँडै सम्पन्न गरी जतिसक्दो चाँडो हस्तान्तरण गरिने र अब नगरपालिका भित्र बसोबास गर्ने अति बिपन्न परिवारको खोजि गरि पहिलो चरणमा सबै वडामा कम्तिमा एउटा घर बनाउने कार्यको नेतृत्व युवा संघले लिनेछ” युवा संघ नगर सचिब नबिन कार्कीले बताए । संगठनले एउटा घर बराबर तिन लाख रुपैया अनुमानित लागत लाग्न सक्ने जनाएको छ ।
