समाचार
प्रेमिकाको घाँटी रेटेर ज्यान लिने युवक पक्राउ
पाँचथर – गएको बैसाख २९ गते पाँचथरमा भएको किशोरीको विभत्स हत्या प्रकरणका मुख्य योजनाकार मानिएका पदम तामाङ पक्राउ परेका छन् । घटना भएको २१ दिन पछी प्रहरीले उनलाई झापाको दमक स्थित एक होटलामा काम गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो । १५ बर्षिया किशोरी शितल योङहाङको उनी पढ्ने विद्यालय नजिकै घाँटी रेटिएको अवस्थामा शव भेटिएको थियो ।
घट्ना भएको २४ घण्टा नवित्दै घटनामा संलग्न अर्का भगिरथ बाँस्तोलाललाइ भने प्रहरीले पक्राउ गरेको थियो । भगिरथले आफुले समाएको र पदमले घाँटी रेटेको बयान प्रहरीलाई दिएका थिए । थुप्रैले कञ्चनपुरकी किशोरी निर्मला पञ्तको हत्या प्रकरण संग तुलना गरेको शितल योङहाङ हत्या प्रकरणमा भने नेपाल प्रहरीले २१ दिनमा हत्याका मुख्य ओरोपीतलाई समात्न सफल भएको छ ।
आफुहरुले जिम्मेवारी पूर्व ढंगले काम गरेकोले यो सफलता प्राप्त भएको पाँचथर प्रहरी प्रमुख नरेन्द्र कुँवरले बताए । शितलका हत्याको मुख्य योजनाकार मानिएका तामाङलाई पक्राउ गर्न पाँचथर प्रहरीका अतिरिक्त १ नं। प्रदेश प्रहरी तथा छिमेकी जिल्लाका प्रहरी युनिटहरुको समेत परिचालन गरिएको पाँचथर प्रहरी प्रमुख नरेन्द्र कुँवरको भनाइ रहेको छ ।
किशोरी शितल योङहाङका हत्यारा भनिएका पदम तामाङलाइ पक्राउ गर्न विद्यार्थीहरु, मानवअधिकार कर्मी तथा सञ्चारकर्मीहरुले दवाव समेत दिदै आएका थिए । शितल योङहाङको हत्या लगत्तै पाँचथरकै मिक्लाजुङमा अर्को कहाली लाग्दो हत्या प्रकरण भएपश्चात यो घटना केही ओझेलमा परेको थियो । तथापी प्रहरीले आन्तरिक रुपमा पदमको खोजी जारि राखेकै कारण सफलता मिलेको प्रहरीले जनाएको छ ।
