uncategorized

साताव्यापी अष्ट्रियाको भ्रमण पूरा गरि आज उपराष्ट्रपति पुन स्वदेश फर्कँदै

काठमाडौं । साताव्यापी अष्ट्रियाको भ्रमण पूरा गरि शनिबार उपराष्ट्रपति नन्दबहादुर पुन स्वदेश फर्कँदैछन् । कतार एअरवेजबाट दोहा प्रस्थान गरेका उपराष्ट्रपति पुन दिउँसो सवा तीन बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल आइपुग्ने विमानस्थल कार्यालयले जनाएको छ ।
उपराष्ट्रपति पुन अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनको निमन्त्रणामा जलवायुसम्बन्धी आर–२० अष्ट्रियन विश्व शिखर सम्मेलनमा सहभागी हुन जेठ १२ गते अष्ट्रिया गएका थिए । उनले अष्ट्रियाका राष्ट्रपति बेलेनसँग दुई पक्षीय भेट वार्ता गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *