uncategorized

विप्लवका छोरा भन्छन् ‘हामी ठकुरी खानदानका हौँ, मोटरसाईकल चढेर हिँड्न नसक्ने र डाक्टरी पढ्नै नसक्ने हैसियत होइन’

काठमाडौँ – विभिन्न हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले प्रतिबन्ध लगाएपछि अहिले ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अहिले लगभग भूमिगत अवस्थामा छ। यसै बिच पछिल्लो समय विप्लव सँग(सँगैविप्लवका छोरा प्रकाश चन्द पनि चर्चामा छन्। विप्लव जस्तै प्रकाश पनि एक हिसाबले राजनीतिमा सक्रिय छन्। चितवनको एक चिकित्साशास्त्र कलेजमा एमबीबीएसको पढाइ पूरा गर्ने क्रममा प्रशिक्षार्थी चिकित्सकको रूपमा काम गरिरहेका प्रकाश विप्लव नेकपाको स्वास्थ्य संगठनको केन्द्रीय महासचिव समेत हुन् ।

पछिल्लो समय डक्टर पढ्ने र बाइक चढ्ने पैसा विप्लबको छोरासँग कहाबाट आयो भन्दै सामाजिक संजाल रंगिएको थियो । यसैबिचमा बीबीसी नेपालीले लिएको अन्तर्वार्तामा प्रकाशले डाक्टरी पढ्नै नसक्ने, मोटरसाईकल चढेर हिँड्न नसक्ने, राम्रो लुगा लगाउनै नसक्ने परिवारबाट आफू नभएको दाबि गरेका छन्।तपाईँ जस्तो डाक्टर पढ्न ठूलो रकम आवश्यक पर्छ। तपाईँको खर्च कहाँबाट जुट्छरु भन्दै सोधिएको प्रश्नमा उनले आफूहरु ठकुरी खानदानबाट भएको र लाहुरे पृष्ठभूमि रहेको हुँदा डाक्टरी पढ्नै नसक्ने विषय नभएको बताएका छन्।डाक्टर पढ्नको लागि धेरै साथीहरूले सहयोग गरेको र सीएमसी कलेजले समेत धेरै खर्च नलिएको स्पष्ट पारे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *