uncategorized
चर्चामा प्रकाश सपूतको ‘गलबन्दी’
काठमाडौ : नेपाली लोक तथा दोहोरी क्षेत्रमा लामो समय देखि लाग्नु भएका र “बोलमाया” जस्तो अन्त्यन्तै मर्मस्पर्शी र सुपरहिट गीत दिनु भएका गायक तथा कलाकार प्रकाश सपुतको नया गीत ‘गलबन्दी‘ युट्युब ट्रेन्डिङ को शिर्ष स्थानमा आएको छ । निकै रोचक र ठट्यौली भाकामा माया प्रेमका कुरा सङालिएको भाकाले यसपालि भने भरपुर मनोरञ्जन दिने छ।
बोलमाया कै केही दृश्यलाई समेटेर बनाइएको यो भिडियोमा अन्जली अधिकारी , प्रकाश सपूत लगायतका कलाकारले अभिनय गरेका छन। शान्ति श्री परियार र प्रकाश सपुतको निकै मीठो स्वरमा सजिएको उक्त भाकामा शब्द सङ्गीत प्रकाश आफ्नै छ।यश अघि को बोलमाया गीत पनि शान्ति श्री परियार र प्रकाशले नै गाएका थिए ।
सामान्य शब्द र औसत स्तरको गीतलाई भिडियोले जुरुक्कै माथि उठाएको छ । टिकटकमा पनि यो गीत अत्यधिक लोकप्रिय बनिरहेको छ। यसअघि प्रकाश सपुतकै ‘बोलमाया’ बोलको गीतमा पनि अञ्जलीले मोडलिङ गरेकी थिइन। सो मर्मस्पर्शी गीतमा पनि अञ्ज लीको अभिनयलाई रुचाइएको थियो । युट्युबको शिर्ष स्थानमा गीतलाई अहिलेसम्म ३४ लाख भन्दा धेरैपटक हेरिएको छ । भिडियो यहाँ लिंकमा छ
प्रतिक्रिया दिनुहोस्
