uncategorized

धुर्मुस–सुन्तलीले बनाउने रंगशाला निर्माण कार्य स्थगित

काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेशनले बनाउने भनिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण कार्य स्थगित गरिएको छ । फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले विज्ञप्ती जारी गर्दै कामदारको जिउ ज्यान, भौतिक सम्पत्तिको सुरक्षा र काम गर्ने वातावरण नभए सम्म परियोजनाको काम स्थगित गर्ने बताएका हुन् ।

रंगशाला निर्माण गर्न लगाइएको घेराबेरा बुधबार एउटा समुहले डोजर लगाएर भत्काएपछि फाउन्डेसनले समस्याको स्थायी समाधान नभएसम्म काम रोक्ने निर्णय गरेको हो । भरतपुर महानगरपालिकाले जग्गा व्यवस्थापन गरेपछि गत माघ १६ गते सरकाको रोहवरमा सम्झौता भई सोही महानगरको १५ नम्बर वडामा रंगशाला निर्माणको काम सुरु भएको थियो ।

रंगशाला निर्माणका लागि देश विदेशबाट सहयोग जुट्ने क्रम जारी थियो । ‘राजनैतिक दल, समाजसेवी, सामाजिक अभियान्ता, स्थानीय खेलाडी र राष्ट्रसेवकलगायतबाट हौसला र उर्जा प्रदान भइरहेको अवस्थामा केही उच्छृङखल समूहबाट रंगशाला परियोजनाको पश्चिमतर्फको अस्थायी पर्खाल अराजकीय तरिकाबाट डोजर प्रयोग गरी तहसनहस बनाई ठूलो क्षति पुर्याइएको प्रति हामी सम्पूर्ण सरोकारवाला निकाय तथा व्यक्तिहरूमा ध्यानाकर्षण गराउँदै जो जसबाट यस्ता अवाञ्छनीय गतिविधि भए सोको घोर भत्सना गर्दछौ,’ विज्ञप्तीमा भनिएको छ 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *