uncategorized

आज देशका धेरै ठाँउमा मेघ गर्जन सहित वर्षा हुने !

काठमाडौं । बुधबार देशका केही ठाँउमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो देशका पूर्वी र मध्य भु-भागका केहि र पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज देशका पूर्वी र मध्य भु-भाग लगायत पश्चिमि पहाडी भू-भागमा आंशिक बदलि रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

देशका पूर्वी भेग लगायत मध्य र पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।अन्य पहाडी भू(भागमा राति आंशिक बदलि रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वामान महाशाखाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *