समाचार
बिप्लवको कार्यकर्ताको शव प्रहरीले कसरी लग्यो ? शव उठेपछि बल्ल स्थानीयले बास्तविकता बोले
काठमाकण्डौको सुकेधार र अनामनगरमा आफ्नै कार्यकर्ताको ज्यान गरि बिस्फोट गराएपछि प्रतिबन्धित बिप्लव नेतृत्वको नेकपाको स्थानीयले आ आफ्नै धारणा बनाउन थालेका छन् । निर्दोष व्यक्तिको घरमा बम बिस्फोट गराए बिप्लवले गल्ती गरेको उनिहरुको बुझाई छ । घटनाले स्थानीयको जनजिवन त्रसिद भएको उनिहरुको भनाइ छ ।
काठमाण्डौको अनामनगरमा रहेको लोकमञ्जरी कार्कीको घरमा हिजो अपरान्ह बम बिस्फोट भएको थियो । बम बिस्फोटमा परी नेकपाका एक जना कार्यकर्ताको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । नेकपाका कार्यकर्ता प्रजवल साहीको घटनामा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै बम बिस्फोटमै परी बिप्लव नेतृत्वको अखिल क्रान्तिकारीका नेता रबिन केसी घाईते भएका छन् । उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ । बम बिस्फोटपछि लामो अनुसन्धान गरी गएराती अबेर मात्रै प्रज्वलको शव प्रहरीले उठाएको हो । अनामनगरका स्थानीयले मुुलुका सान्ति स्थापना हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।


असन्तुष्ट पक्षलाई बार्तामा ल्याएर समस्याको समाधान गर्न उनिहरुले सरकारसँग माग समेत गरेका छन् । स्थानीयले राजनितिक माग पुरा गर्नको लागि निर्दोष व्यक्तिको घरमा बम बिस्फोट गराएर नेपाली जनताको ज्यान लिने कमद घातक हुने भन्दै बिप्लव र सरकार दुबै पक्षलाई सचेत गराएका छन् ।


