समाचार

काठमाडौँको कल‌ंकीबाट चितुवाको छाला र हड्डीसहित दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँको कल‌ंकी मकालु पेट्रोलपम्पबाट चितुवाको छाला र हड्डिसहित दुई जना पक्राउ परेका छन् । प्रहरी बृत्त सोह्रखुट्टेका ईन्सपेक्टर सुदर्शन देव जोशिको कमण्डमा खटिएका टोलिले खैरो झोला भित्र चितुवाको छाला र हड्डि लुकाई छिपाई बोकेर हिडीरहेका दुई जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ । पक्राउ परेकाहरु धादिङ सल्लेनकोट– ९ घर भई काठमाडौँ बालाजु बस्ने पल बहादुर मगरको छोरा ३५ वर्षीय उदय मगर र बर्दिया राजापुर न ‍पा ९ घर हुने गजु थारूका छोरा ३० वर्षीय कृष्ण चौधरी हुन् ।

आइतबार १२ गते चितुवाको छाला बेचबिखन हुँदैछ भन्ने बिशेष सूचनाको आधारमा उदय मगर र कृष्ण चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला बन कार्यालय पठाइएको बताइएको छ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *