समाचार
विप्लव समूहका व्यूरो इन्चार्जसहित ५ जना कर्णालीमा पक्राउ ,साथबाट बरामद भए यस्ता चिज
काठमाडौं । कर्णाली प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका भेरी ब्युरो इन्चार्ज बलबहादुर वलीसहित ५ जना पक्राउ परेका छन् ।व्युरो इन्चार्ज वली र भेरी ब्यूरो सदस्य एवं सुर्खेत जिल्ला सेक्रेटरी खडकबहादुर खड्का सुर्खेतको भेरीगंगा नगरपालिका ५ भर्लेनीस्थित दलबहादुर वलीको घरबाट पक्राउ परेका हुन् ।
प्रहरीले जाजरकोटको कुशे गाउँपालिका २ बाट अन्य तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा । जिल्ला जनसरकार प्रमुख हरिचन्द्र जैशी, मुगुको छायानाथ नगरपालिका घर भई कुशे गाउँ कमिटी सदस्य दीपकबहादुर सावत र जाजरकोट जिल्ला कमिटी सदस्य अजपाल बुढा रहेका छन् ।
व्युरो इन्चार्ज वली र भेरी ब्यूरो सदस्य एवं सुर्खेत जिल्ला सेक्रेटरी खडकबहादुरको साथबाट विभिन्न दस्तावेजसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।


