समाचार

तास खेल्दै गर्दा ८ जना पक्राउ

विराटनगर / विराटनगर महानगरपालिका–१६ बाट प्रहरीले तास खेल्दै गरेको अवस्थामा मंगलबारराति ८ जनालाई पक्राउ गरेको छ । कैलाश डंगोलको घरमा जुवा खेलिरहेको अवस्थामा ५० वर्षीय डंगोल, ४३ वर्षीय पुरन डंगोल, ३२ वर्षीय विशाल वानिया, ३८ वर्षीय अम्बर लिम्बू, २८ वर्षीय सन्तोश सहनी, ३७ वर्षीय पुरुषोत्तम साह, ३५ वर्षीय बलराम साह र ४० वर्षीय बसन्त राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार पक्राउ परेकाहरुको साथबाट ६३ हजार ५ सय ७५ नेपाली रुपैयाँ र एक हजार तीन सय भारतीय रुपैयाँ बरामद भएको छ । ७ बुक तास पनि बरामद भएको छ । पक्राउ परेकाहरु विरुद्ध बुधबार जुवा ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको एसपी केसीले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *