समाचार

पाँचथर हत्या काण्डबारे मिक्लाजुङ गाउँपालिका अध्यक्षकाे बयान

पाँचथर / पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गए राति दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ । घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गएराति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।

मिक्लाजुङ गाँउपालिका अध्यक्ष अमरराज माखिम यस्ताे भन्छन् :

मैले यो घटना मंगलबार बिहान ६ बजेर ११ मिनेटमा थाहा पाएँ। थाहा पाउने वित्तिकै नजिकैको प्रहरी चौकीमा खबर गरेँ । र, इन्सपेक्टरसहित हामी घटनास्थलमा पुग्यौं । तत्कालै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई पनि खबर गरियो । हामी घटनास्थलमा पुग्दा ससुरा र ज्वाइँको घरमा घटना भएको देखियो । ससुरा र ज्वाइँको घर माथि र तल छ । सुरुमा हामीले ससुरा बमबहादुर फियाकको शव देखियो । बमबहादुर घरबाहिर सिखुवामा सुतेका रहेछन् । उनको अनुहारभरी धारिलो हतियार प्रहार गरेको देखियो । अनुहार नचिन्ने गरी हानिएको छ । छ्याकछ्याक पारेको देखियो । यताउता रगत लत्पतिएको देखियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *