समाचार

सामाजिक संजाल फेसबुकको दुरुपयोग गरी प्रधानमन्त्री ओलीलाई खतरानाक धम्की दिने एकजना बानेश्वरबाट पक्राउ

काठमाडौँ – सामाजिक संजाल फेसबुकको दुरुपयोग गरेको आरोपमा प्रहरीले काठमाडौँबाट एकजनालाई पक्राउ गरेको छ।वडा नं। २ घर भई हाल काठमाडौँ महानगरपालिका स्थित बानेश्वर बस्ने बर्ष ३४ को लाल बाहदुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।सामाजिक संजालमा प्रकाशित एक समाचारमा भड्काउ कमेन्ट गरेको आधारमा उनलाई पक्राउ गरिएको हो ।

महानगरीय अपराध महाशाखाका अनुसार अनलाईनमा “पचास करोड दिनुस् म मोदिलाई मारी दिन्छु “भन्ने शिर्षकमा प्रकाशित समाचारमा Salim Yonjan Tamang- bhai नामक फेसबुक आईडी प्रयोगकर्ताले 50 lakh dinush oli lai maridinchhu भनी कमेन्ट गरेको आधारमा उनलाई पक्राउ गरिएको हो।तामाङलाइ कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाण्डौं पठाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *