समाचार
पर्वतमा शक्तिशाली बम विस्फोट
काठमाडौं / अचानक बम विस्फोट हुँदा २ जना गम्भीर घाइते भएका छन् । पर्वतको विहादी गाउँपालिका ६ शालिग्राम छापमा आफैँले बनाइरहेको बम विस्फोट हुँदा दुई युवा गम्भीर घाइते भएका हुन् ।
आइतबार साँझ जीआई पाइप र सलाईको सहायताबाट सकेट बम बनाइरहेको अवस्थामा विस्फोट भएपछि २७ वर्षीय छविलाल घर्ती र १६ वर्षीय समिर राना घाइते भएका हुन् । उनीहरुले आफ्नै घरमा बम बनाइरहेका थिए ।
विस्फोटमा परि गम्भीर घाइते छविलाल घर्तीलाई प्राथमिक उपचार पश्चात् थप उपचारका लागि गण्डकी क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ भने रानाको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

पर्वतका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजन रायमाझीले घर्तीले माछा मार्ने प्रयोजनका लागि सलाइको काँटी भरेर पाइप बम बनाउँदै गर्दा आइतबार साँझ विस्फोट भएको जानकारी दिए ।
विस्फोटबाट गम्भीर घाइते घर्तीको अहिले पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घर्तीले बनाएको बम विस्फोट हुँदा नजिकै रहेका १६ वर्षीया किशोर समीरा राना घाइते भएका छन् । प्रहरीका अनुसार उनको अवस्था मध्यम छ । घाइते रानाको अहिले गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

