समाचार

‘प्रेसमाथि अङ्कुश लगाउने विधेयक संसद्बाट पारित हुँदैन’

काठमाडौँ / विभिन्न राजनीतिक दलका नेताले प्रेसमाथि अङ्कुश लगाउने कुनै पनि विधेयक सङ्घीय संसद्बाट पारित हुन नदिइने प्रतिबद्धता जनाउनुभएको छ । रिपोटर्स क्लबद्वारा आज यहाँ आयोजित साक्षात्कारमा नेताहरुले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयक–२०७५ माथि अझै पनि विज्ञसँग छलफल गर्न सकिने र प्रतिनिधिसभा, राष्ट्रियसभा र समितिमा छलफल हुनबाँकी रहेको हुँदा हतारमा आन्दोलनका कार्यक्रम नगर्न आग्रह गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता दिनानाथ शर्माले भन्नुभयो, “तपाईहरु ढुक्क हुनुहोस, संविधानको प्रस्तावनामै उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रता विरुद्ध कुनै पनि प्रेस सम्बन्धी कानून आउँदैन ।”

नेपाली काङ्ग्रेसका नेता अर्जुननसिंह केसीले संविधानको प्रावधान, व्यवस्था र भावनाको प्रतिकूल हुने गरी सरकारले सञ्चार सम्बन्धी कानून र मिडिया काउन्सिल सम्बन्धी विधेयक ल्याएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले पछिल्लो पटक भ्रष्टाचार मौलाउँदै गएकाले संलग्न जुनसुकै व्यक्ति वा जुनसुकै पार्टीको भए पनि छानबिन गरी कारवाही गर्न सरकार समक्ष आग्रह गर्नुभयो ।

समाजवादी पार्टी नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले मर्यादित र शिष्ट हुन पत्रकार र पत्रकारिता क्षेत्रलाई अपिल गर्नुभयो । आफ्नो पार्टी पूर्ण प्रेस स्वतन्त्रताका पक्षमा रहेको उल्लेख गर्दै उहाँले पत्रकारिताका नाममा कसैको मुखपत्र नहुनसमेत पत्रकारलाई आग्रह गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *