समाचार

उदयपुरमा भीरबाट लडेर ७९ वर्षीय वृद्धको मृत्यु

उदयपुर / उदयपुर जिल्लाको कटारी नगरपालिका १० थुम्कीमा भिरबाट लडेर ७९ वर्षीय बृद्धको मृत्यु भएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका २ घर भएका ७९ वर्षीय नरबहादुर खड्काको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार कटारी नगरपलिका ९ मा रहेको छोरीको घरमा भएको विवाहमा सहभागी भई शनिबार दिऊँसो घर फर्कने क्रममा भिरबाट लडेर ज्यान गएको हो । भिरबाट करिव २ सय मिटर तल एक व्यक्ति मृत अवस्थामा रहेको भन्ने स्थानीयवासीको सूचनासँगै तत्काल ईलाका प्रहरी कार्यालय कटारीबाट खटी गएको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणको लागि कटारी अस्पताल ल्याएको प्रहरीले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *